सेवाका लागि युवा नेपाल द्वारा २५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

सामाजिक संस्था सेवाको लागि युवा नेपालले इलामको चुलचुली गाउँपालिकाको स्वाथ्य शाखा लाई २५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तन्तरण गरेको छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाका प्रतिनिधीहरू चुलाचुली मै उपस्थित भएर उक्त सामग्रीहरू गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईलाई हस्तान्तरण गरेका थिए। स्वास्थ्य सामग्रीहरूमा पोर्टेबल एक्सरे मेसिन, पोर्टेबल भिडियो एक्सरे मेसिन, ईसिजी मेसिन, प मोनिटर सेट, सर्जिकल माक्स चालिस बक्स, ह्याण्ड स्यानिटाइजर, पिपिई सेट , ह्याण्ड ग्लोभ , अक्सिजन मिटर ,थर्मल गन , अक्सिजन माक्स नजल , एन ९५ मास्क पहिलो र दोस्रो चरण गरी कुल २५ लाख रकम बराबरको हस्तान्तण गरेको संस्थाका केन्द्रीय सदस्य सन्दिप माझीले बताए ।

सेवा क्यानडाको आर्थिक सहयोगमा उक्त सामग्रीहरू पुर्वका विभिन्न जिल्लाहरूमा आवश्यकता पहिचान गरेर वितरण गरिएको कुरा संस्थाका केन्द्रीय माझीले जानकारी दिएका छन्। चुलाचुलीमा पनि समस्याहरू रहेको बुझेर सामानहरू उपलब्ध गराएको बताए । स्वास्थ्य सामग्री सहयोग गरेकोमा संस्थालाई गाउँपालिकाका अध्यक्ष राईले धन्यवाद व्यक्त गरे ।

त्यसैगरी प्राप्त सामानहरू सम्बन्धित क्षेत्रका विज्ञहरूद्वारा जडान गरेर परिक्षण पछि ढिलोमा एक हप्ता भित्रमा सर्वसाधारणहरूको लागि खुला गरिने कुरा स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहालले जानकारी गराए। उक्त कार्यक्रममा संस्थाका तर्फबाट केन्द्रीय सदस्य माझीको नेतृत्वको टोलीको उपस्थितिमा चुलाचुली गाउँपालिकाको तर्फबाट अध्यक्ष प्रदीपचन्द्र राई, उपाध्यक्ष निर्मला दाहाल, निमित्त प्रमुख प्रसाशकिय अधिकृत मिलन कुमार भट्टराई, स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहाल, ईलाम जिल्ला स्वास्थ्य कार्यालय नि. प्रमुख निलेस कुमार ठाकुर र इलामको सक्रिय युवा युनिट टीम लगायत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?