
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा ‘ आत्महत्या रोकथामका लागि काम गरौं आशा सिर्जना गरौं भन्ने मुल नाराका साथमा आत्महत्याका कारण जीवन गुमाएकोहरुको सम्झनामा कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले दमौली अनसन्न चौतारीमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरि सम्पन गरेको छ ।
ललितपुरमा केन्द्रीय कार्यालय रहेको कोशिशले मानसिक रोगी भएको बिरामीलाई निःशुल्क मनोवैज्ञानिक प्राथमिक सहयोग तथा मनोविमर्श सेवा दिँदै आएको कुरा संस्थाका मनोविमर्श कर्ता विनय पाण्डेले जानकारी दिए । सार्वजनिक हितका लागि सीबीएम र कोशिशको सहकार्यमा देशको विभिन्न भागमा कार्य गर्दै आएको छन ।
नेपालमा गत वर्ष यता ७१४१ जनाले आत्महत्या गरेको देखिन्छ यसको तुलना गरेर हेर्ने हो भने नेपाल प्रतिदिन २० जनाले आत्महत्या गर्दै आएको पुष्टि हुन्छ । यसलाई नियन्त्रण गर्न हामी सबैले भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ उनले भने । कोशिशले आयोजन गरेको उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय तनहुँ , जिल्ला अस्पताल तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँ ले सहकार्य गरेका थिए । कार्यक्रममा कोशिशको प्रतिनिधि , जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र दर्जनौं सामजिक व्यक्तिहरुको उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?