पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा गृहजिल्लामा दीप प्रज्ज्वलन

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा गृहजिल्लामा दीप प्रज्ज्वलन गरिएको छ ।

नेपाल विद्यार्थी संघ भानुभक्त क्याम्पस इकाईको आयोजनामाबिहीबार साँझ दीप तनहुँको व्यास नगरपालिका–३ अनसनचौतारीमा प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्ज्वलनमा तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल,व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, , म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, नेपाली काङ्ग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल नेबिसका इकाई सभापति गौरब पन्थ लगायत नेता तथा कार्यकर्ता सहभागी थिए ।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका थिए। भने उनका प्रतिस्पर्धी सुवास नेम्बाङले १५ हजार ५ सय १८ मत प्राप्त गरे ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?