
दमौली : तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आदिकविको स्ववियु सभापतिमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी तर्फबाट गौरब पन्थ, नेकपा विप्लप निकट अनेरास्ववियु क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियुको तर्फबाट विशाल रुचालले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै नेकपा एमाले निकट अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारी संयुक्तको तर्फबाट सबिन लामिछाने, स्वतन्त्र रुपमा सुनिल मिश्रले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?