युवा नेपालद्वारा वनियानी र मेची अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

सामाजिक संस्था सेवाको लागि युवा नेपालले झापाको हिमानी कोष झापाकी संयोजक पुनम सिंह राजवंशीको पहलमा झापाको कचनकवलस्थित वनियानी स्वास्थ्य केन्द्र र मेची प्रादेशिक अस्पताल भद्रपुरलाई २५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तन्तरण गरेको छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाका प्रतिनिधीहरूले स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पतालमै उपस्थित भएर उक्त सामग्रीहरू हस्तान्तरण गरेका थिए। स्वास्थ्य सामग्रीहरूमा वनियानी स्वास्थ्य केन्द्रलाई भेन्टिलेटर, पाेर्टेवल एक्स-रे, पिपिई सेट, सेनिटाइजर, सर्जिकल माक्स, अक्सिजन माक्स, ग्लाेब, एन. 95 माक्स, अक्सिमिटर, थर्मगन, लगायत करिब १८ लाख बराबरकाे स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष अनजरा आलमलाई हस्तान्तण गरेको संस्थाका केन्द्रीय सचिव छेवाङ कर्मा तामाङले बताए ।

तामाङका अनुसार उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष अनजरा आलम, उपाध्यक्ष निमसरी राजवंशी, प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका अध्यक्ष रवि चन्द्र ओझा, सेवाका लागि युवाका अध्यक्ष असिल कुमार शाही, उपाध्यक्ष पर्शुराम भण्डारी, महासचिव प्रेम साकार, सचिव छेवाङ कर्मा तामाङ, काेषाध्यक्ष गाेपाल गाैतम, सदस्यहरू सागर पनेरू, सन्दिप माझी, बलराम कालिकाेटे, बिष्णु काफ्ले र श्यामदास कुँवर समेतकाे उपस्थिति रहेकाे थियाे।

त्यसैगरी, मेची अञ्चल अस्पताल, भद्रपुरलाई आई. भि. स्टेण्ड, बेड साइड लकर, पि.पि. ई. सेट, सर्जिकल माक्स, सेनिटाईजर, ग्लाेभ्स, अक्सिजन माक्स, नसल क्यानल, अक्सिजन रिजर्भ ब्याग, फ्लाे मिटर लगायतका करिब ७ लाख बराबरकाे स्वास्थ्य सामग्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक प्रसाद बारकाेटीलाई अस्पतालमै पुगेर हस्तान्तरण गरिएको छ। उक्त सामग्री हस्तान्तरण कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट , अस्पताल शाखा अधिकृत रेखनाथ दाहाल, फार्मेसी अधिकृत दुर्गा बहादुर राजभण्डारी र संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेकाे थियाे र सेवा क्यानडाको आर्थिक सहयोगमा उक्त सामग्रीहरू पुर्वका विभिन्न जिल्लाहरूमा आवश्यकता पहिचान गरेर वितरण गरिएको तामाङले जानकारी दिए। वनियानी स्वास्थ्य केन्द्र र मेची प्रादेशिक अस्पतालमा पनि समस्या रहेकोले सामानहरू उपलब्ध गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?