दमौली : तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा अनेरास्वविययू र अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थीले ताला लगाएका छन् ।
आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा विवाद भएपछि नेकपा एस निकट अनेरास्वविययू र नेकपा विप्लप निकट अनेरास्ववियुका विद्यार्थीले क्याम्पस निर्वाचन कार्यलय तालाबन्दी गरेका हुन् ।
स्ववियु सभापति उम्मेदवार गौरव पन्थ उपर दाबी विरोधमा क्याम्पसको तर्फबाट कुनै सुनुवाई नभएको विरोधमा गरेको तालाबन्दी गरेका विद्यार्थी नेताहरुले बताएका छन् ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीले दुवै जना विरुद्ध उजुरी दिएको थियो । स्ववियु सभापतिका उम्मेदवार गौरव पन्थले क्याम्पसमा भर्ना गर्दा मधेशी कोटा उल्लेख गरेको उजुरीमा उल्लेख छ ।
स्ववियु सभापति उम्मेदवार पन्थले भने सफ्टवेयरका कारण त्यस्तो त्रुटी हुन गएको बताएका छन्।
पन्थ नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी तर्फबाट स्ववियु सभापति उम्मेदवार रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?