चाेरी माेटरसाइकल सहित एकजना पक्राउ

दमाैली : तनहुँकाे देवघाट गाउँपालिका-५ टाउनचाेकबाट चाेरी भएकाे माेटरसाइकल सहित चाेरी गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यलय तनहुँका अनुसार पक्राउ पर्नेमा चितवनकाे भरतपुर महानगरपालिका-१६ का २७ वर्षीय राजकुमार थापा रहेका छन् ।

गत फागुन २५ गते घनश्याम अधिकारीकाे घर अगाडी राेकिराखेकाे ना ४४ प २९७४ नम्बरकाे माेटरसाइकल चाेरी गरी फरार भएका थापालाई देवघाट गाउँपालिका-५ बाट शनिबार पक्राउ गरिएकाे प्रहरी नायब उपरिक्षक माेहनबहादुर खाँणले जानकारी दिए ।

उनको विरुद्ध तनहुँ अदालतबाट ७ दिनकाे म्याद थप गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?