क्याम्पस प्रमुखको राजीनामा माग्दै कार्यकक्षमा ताला

दमौली : स्ववियु निर्वाचनका सन्दर्भमा पार्टीको राजनीति गरेको भन्दै विद्यार्थीले व्यास-१ भादगाउँस्थित भानुभक्त क्याम्पस प्रमुखको राजीनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेका छन्।

नेकपा कम्युनिष्ट निकट ४ विद्यार्थी संगठनको संयुक्त क्याम्पस इकाईले आइतबार विज्ञप्ती जारी गरी क्याम्पस प्रमुख महाप्रसाद हड्खले र निर्वाचन समिति संयोजकको राजीनामा मागेको थियो ।

सोही अनुरूप आफ्नो माग नभएको भन्दै ताला लगाएको अखिल क्रान्तिकारी संयुक्तका क्याम्पस इकाई समितिका अध्यक्ष शिव विकले जानकारी दिए।

स्ववियु निर्वाचनका लागि फर्जी विद्यार्थी भर्ना गरिएको उम्मेदवारी खारेज हुनुपर्ने उनीहरुको माग छ ।

विज्ञप्तीमा क्याम्पस प्रशासन र निर्वाचन समिति अमुक पार्टीको प्रवक्ता बनेको प्रमाणित भएको उल्लेख गरिएको छ ।

केही समय देखि कुनै निर्णय लिनको लागि सर्वदलीय बैठक जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?