दमौली : बित्तिय जोखिम स्वमुल्याङकनमा तनहुँ जिल्लाका दशै वटा पालिकामध्ये म्याग्दे गाँउपालिका प्रथम भएको छ । उक्त गाउँपालिका कार्यालयले बित्तिय जोखिम स्वमुल्याङकनमा ८३ अंक प्राप्त गरी पहिलो स्थान हासिल गर्न सफल भएको हो ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत स्वमुल्याङकनमा म्याग्दे गाँउपालिका पहिलो पालिका बनेको हो ।
नेपाल भरीका गाँउपालिकाहरुमध्ये म्याग्दे गाउँपालिका उत्कृष्ट गाउँपालिका बनेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
स्थानीय तहका कार्य प्रक्रिया र उपलव्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्लभ पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवद्यिक समिक्षाको आधार प्राप्त गर्न र गाँउपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु तर्जुममाा बित्तिय जोखिम स्वमुल्यांकन हुने गर्दछ ।
वित्तिय जोखिम स्वमुल्यांकनमा म्याग्देले कुल ८३ अंक प्राप्त गरी पहिलो स्थान हासिल गर्न सफल भएको छ । जसमा योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा १७.५, कार्यन्वयन क्षमता तथा व्यवस्थापनमा २५.५,लेखाङकन तथा प्रतिवेदनमा १६, अनुगमन मुल्यांकन तथा लेखापरीक्षणमा १३ र राजश्व व्यवस्थापनमा ११ नम्बर प्राप्त गरेको छ ।
वित्तिय जोखिम स्वमुल्यांकनमा घिरिङ गाँउपालिका तनहुँको दशै वटा पालिका मध्ये सवैभन्दा कमजोर देखिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?