दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षक-शिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ ।
उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शैक्षिक क्षेत्रमा प्राथमिकता दिएर काम गर्दै आएकामा आगामी वैशाखदेखि कम्तीमा दुईवटा स्कुल बस सामुदायिक विद्यालयलाई प्रदान गरी सेवा सञ्चालन गर्न लागेको छ ।
गाउँपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता, असहाय र गरिबका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको उनले बताए । गाउँपालिकाभित्र करको दायरमा आएका व्यवसायीलाई २० प्रतिशत एम्बुलेन्स सेवामा छुटको व्यवस्था गरिएको पनि जनाइएको छ ।
गाउँपालिकाले एम्बुलेन्स खरिद गरी नाफामुखीभन्दा पनि सेवामूलक भावनाले काम गर्दै आएको पालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । एम्बुलेन्सलाई आवश्यक पर्ने तेल र चालकको तलबका लागि सहयोग मिल्दै आएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?