अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको जन स्तरमा ब्यापक बिरोध चलिरहेको बेला सामाजिक सञ्जलबाट सञ्चालित युवा समुह दमौली यूथले आज दमौली मा बिरोध सभा आयोजन गरेको छ ।
दमौलीको अनसन चौतारी बाट सुरुभएको जुलुस सफसडक हुँदै मेनचोकमा कोण सभा परिणत भएको थियो । कोण सभालाई सबोधन गर्दै सामाजिक युवा अभियन्ता मोहम्मद गफारले सबै जना एमसीसीसीको बिरोधमा सहयोग गर्छ जस्तो लको थियो तर हामी जे सोधेको थिए त्यो नेपाली समाजको मन मस्तिष्कले बुझेको जस्तो मलाई लागेन। एमसीसीसी विषयमा हामी सबै बुझ्नु जरुरी छ यसको बिरोध किन गरेको भन्ने बारे बुझ्न पनि उनले आग्रह गरे ।
त्यसैगरी कार्यक्रम संयोजक एवं युवा अभियन्ता सागर घिमिरेले जून हामीले सोझेको भन्दा पनि धेरै जनसमूह उपस्थित रहेको र अब यो कार्यक्रमको समिक्षा गरेर अगाडि बढ्ने समेत बताए। उक्त सभामा एमसीसीको पुत्ला दहन संस्कार गर्नुको साथै विभिन्न नारा सहित कार्यक्रम सपन्न गरेको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?