क्याम्पस प्रमुखको कार्यकक्ष र निर्वाचन प्रबन्ध समितिको कार्यालयमा लगाएको ताला खोलियो

दमौली : तनहुँको व्यास नगरपालिका -१ भादगाउँस्थित भानुभक्त क्याम्पस प्रमुखको राजीनामा माग गर्दै कार्यकक्ष र निर्वाचन प्रबन्ध समितिको कार्यालयमा लगाएको ताला खोलेको छ ।

मंगलवार सर्वदलीय बैठक मार्फत क्याम्पस सञ्चालक समितिको अध्यक्षमा छानबिन समिति निर्माण गरी समस्याको समाधान निकाल्ने निर्णय भएपछि ताला खोलिएको हो ।

आफ्नो माग नभएको भन्दै नेकपा कम्युनिष्ट निकट ४ विद्यार्थी संगठनको संयुक्त क्याम्पस इकाईले आइतबार ताला लगाएको थियो।

आइतबार विज्ञप्ती जारी गरी क्याम्पस प्रमुख महाप्रसाद हड्खले र निर्वाचन समिति संयोजक विजय खनालको राजीनामा माग राख्दै ताला लगाएको थिए।

स्ववियु निर्वाचनका लागि फर्जी विद्यार्थी भर्ना गरिएको उम्मेदवारी खारेज हुनुपर्ने उनीहरुको माग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?