दमौली : स्ववियु निर्वाचन अन्तर्गत तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आदिकविको स्ववियु सभापतिमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु (एकीकृत समाजवादी), नेपाल विद्यार्थी मोर्चाको प्यानलबाट सभापतिमा विवश पराजुली (विनोद), सचिवमा कल्पना सुनार र कोषाध्यक्षमा अमृत परियारलेउम्मेदवारी दर्ता गरेका छन् ।
सदस्यहरुमा निशा भुजेल, सविता माल, सचिन श्रेष्ठ, इन्द्रावती सार्की (लक्ष्मी) र काशिका रानाले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै नेकपा एमाले निकट अनेरास्ववियू र अखिल क्रान्तिकारी संयुक्तको प्यानलबाट निशा श्रेष्ठ, सचिवमा स्वस्तिका भण्डारी र काेषाध्यक्षमा रिम नारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
सदस्यहरुमा सुजिता थापा, तुलसी कुमाल, पुष्पा श्रेष्ठ, रुपा परिायर, यसुमाया थापाकाे उम्मेदवारी दर्ता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?