दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थ नगरपालिका–६ पिपरैया बस्ने ४० वर्षीय महेश चमार, तनहुँको ऋषिङ गाउँपालिका–१ सपाङ्दी बस्ने २१ वर्षीय आकाश गाहा मगर र तनहुँको देवघाट गाउँपालिका–२ बैदी बस्ने २१ वर्षीय सुरज थापा मगर रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १८२ नम्बरको बस जाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक खाँणले बताए ।
बसमा सवार nउनीहरुको साथबाट एक सय थान डाइजेपाम, एक सय थान एम्पुल र एक सय थान नुर्फिन, १५ थान डाइजेपाम, १५ थान फेनरागन र १५ थान नुर्फिन गरी ४५ थान लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पक्राउ परेका तीन जना विरुद्ध तनहुँ जिल्ला अदालतबाट दश दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?