काठमाडौं : आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरुमा चुनावी गतिविधि भइरहेको छ ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।
अधिकांश क्याम्पसमा चुनाव हुने निश्चित भएको छ भने कतिपय क्याम्पसहरुमा विवादका कारण चुनावी प्रक्रिया सुरु भएको छैन । कतिपय क्याम्पसमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको छ ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले उपलब्ध गराएको विवरण अनुसार ७० वटा क्याम्पसमा स्ववियु सभापति निर्विरोध चयन भएका छन् ।
विद्यार्थी संगठनहरुले दाबी गरेअनुसार नेविसंघले १५, अनेरास्ववियुले ३१, अखिल (क्रान्तिकारी) ले २४ वटा क्याम्पसमा निर्विरोध नेतृत्व पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?