नेपाललाई चाैथो सफलता

काठमाडाैँ : विश्वकप क्रिकेट लिग-टूको आफ्नो अन्तिम खेलमा नेपाल युएईसँग खेलिरहेकाे नेपाललाई चाैथो सफलता हात पारेको छ ।

कीर्तिपुरमा युएईले टस जितेर  ब्याटिङ रोजेपछि ‍पहिले बलिङ गरिररहेको नेपाललका लागि दिपेन्द्रसिंह ऐरीले चाैथो सफलता दिलाए । उहाँले २७ औँ ओभरमा अफजाल खानलाई आउट गराए।

यो ओभरको खेल सकिँदासम्म यूएईले ४ विकेट गुमाएर १२७ रन बनाएको छ ।

यसअघि २३ औँ ओभरमा यूएईका रिजवान रनआउट भयो । दीपेन्द्रसिंह ऐरीको बलमा उहाँ रन आउट भएको हो । आक्रामक ब्याटर मोहम्मद वासिम सन्दीप लामिछानेको बेलमा आउट हुनुभएको थियो उहाँले ४७ बलमा ६३ रन बनाएको थियो । यस्तै पहिलो विकेट ललित राजवंशीले तेस्रो ओभरमा लिनुभएको थियो । उनले यूएईका आर्यन लाक्रालाई ६ रनमा आउट गरे ।

नेपालले आज युएईलाई पराजित गर्न सके आउँदो जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछ। पराजित भएमा यसै महिनाकाे अन्तिममा नामिबियामा हुने क्वालिफायर प्ले अफ खेल्नुपर्ने छ ।

नेपाल ३५ खेलमा ३८ अङ्कसहित चौथो स्थानमा छ । नामिबिया ३६ खेलमा  ३९ अङ्कका साथ तेस्रो स्थानमा छ। आजको खेल नतिजाविहीन भए नेपाल र नामिबिया दुवैको ३९–३९  अंक हुनेछ। जित प्रतिशतका आधारमा नामिबिया विश्वकप छनोट खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?