काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई पठाएको नयाँ मूल्यअनुसार घटेर आएको हो ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलको प्रतिलिटर १.७४ रुपैयाँ मूल्य घटेर आएको बताए ।
हाल नेपाली बजारमा डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ७५ रूपैयाँ र पेट्रोल प्रतिलिटर १ सय ७८ रूपैयाँ बिक्री भइरहेको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?