तोकिएको समयमा स्ववियु निर्वाचन गराउन नेविसंघ र अखिल क्रान्तिकारीको माग

दमौली : तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा तोकिएको समयमै स्ववियु निर्वाचन गराउन निर्वाचन प्रबन्ध समिति संग नेविसंघ र अखिल क्रान्तिकारीले माग गरेका छन् ।

बिहिवार क्याम्पसमा नाराबाजी गर्दै अखिल क्रान्तिकारी क्याम्पस इकाई अध्यक्ष निर्दोष भट्टराईले तोकिएको समयमै स्ववियु निर्वाचन गर्न माग गरेका हुन्।

स्ववियु सभापति उम्मेदवार पन्थले आफूहरुको विजय सुनिश्चित भएकाले अनावश्यक भ्रम फैलाउने काम भएको बताए । उनीहरुले स्ववियु चुनाव समयमै नगरे जुनसुकै कदम उठाउन पनि तयार रहेको बताए ।

स्ववियु सभापतिका उम्मेदवार गौरव पन्थ र अन्य उम्मेदवार माथि उपर परेको उजुरी उपर सुनुवाई नभएको भन्दै विप्लप, नेत्रविक्रम चन्द, मोहन वैद्य निकट अखिल क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियुले तालाबन्दी गरेका थिए  ।

मंगलवार सर्वदलीय बैठक मार्फत क्याम्पस सञ्चालक समितिको अध्यक्षमा छानबिन समिति निर्माण गरी समस्याको समाधान निकाल्ने निर्णय भएपछि ताला खोलिएको थियो ।

तर, यतामधेसी कोटाबाट भर्ना भएका गौरब पन्थ स्ववियु सभापतिका लागि नेविसंघबाट उम्मेदवार भएका आफू सामान्य प्रक्रियामा भर्ना भएको तर मधेसी कोटा देखिए त्यो प्रशासनको गल्ती हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?