दमाैली : तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास गुफा परिसरमा रोटर्याक्ट क्लव अफ दमौलीले धारा ‘रोटर्याक्ट धारा’ निर्माण गरेको छ । व्यास नगरपालिका, रोटरी क्लव र रोटर्याक्ट क्लवका सदस्यहरुको आर्थिक सहयोगमा क्लवले धारा निर्माण गरेको हो ।
शनिवार नवनिर्मित धाराको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संस्थाले स्थानीय सरकार संग हातेमालो गरेको विकासको काम अगाडी बढेको प्रसंशा गरे । यस्तो कामले अन्तरिक पर्यटनको विकास संगै भक्तजनलाई पनि सहयोग पुग्ने बताए ।
व्यास -३ का वडाध्यक्ष अनुप रानाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले क्लबले गरेको काम अनुकरणीय रहेको बताए ।
जीर्ण अवस्थामा रहेको निकै पुरानो उक्त धारालाई क्लवले पुर्ननिर्माण गरेको क्लवका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए । उक्त धारा निर्माणका लागि करिब रु पाँच लाख खर्च भएको छ ।
व्यास गुफाक्षेत्र आउने भक्तजन एवं सर्वसाधारणलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यस्वरुप धारा निर्माण गरिएको निर्माण समितका संयोजक मदन तिमिल्सिनाले बताए ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख अवदेश बिष्ट ,व्यासका अध्ययता काशिनाथ न्यौपाने, रोटरी क्लब अफ दमौलीकी उपाध्यक्ष विणा कैनी, इनरव्हिल क्लब अफ दमौलीकी पुर्वअध्यक्ष सरु श्रेष्ठ, महिला उधमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ल, क्लबका पुर्व अध्यक्ष मनोज राउत, व्यास अन्न संरक्षण समितिका संरक्षक गोबिन्द बाबा लगायत उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?