दमौली : व्यास नमुना मिजार समाज को एकदिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार दमौलीमा एक कार्यक्रम राखी सस्थाको औपचारिक उद्घाटन एवं प्रशिक्षण कार्यक्रम गरेको हो ।
अन्तर्क्रिया एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले संस्थाले दलितको हकहितको लागि मात्र नभएर समग्र समाजको बिकासमा हातेमालो गर्नु पर्नेमा जोड दिए ।
“तपाईहरुको समुदायबाट पनि मन्त्री , नेता , शिक्षक लगायत बिभिन्न ठाउँ पुगेको छ “; उनले भने ” नेपालको संविधानले नेपाली सबैलाई सामना व्यवहार गरेको छ, त्यसकारण तपाईहरु पनि अगाडी बढ्नु पर्छ ” ।
कार्यक्रममा अधिवक्ता अमृत बहादुर नेपालीले प्रशिक्षक दिएको थियो ।
संस्थाका अध्यक्ष नर बहादुर दुलालको अध्यक्षता भएको कार्यक्रममा उपप्रमुख इन्दिरा दरै , व्यास -४ का वडाध्यक्ष मान बहादुर गुरुङ, विरालोटार टोल विकास संस्थाका अध्यक्ष सुनिता वाग्ले , आदिवासी जनजाति महासंघ तनहुँका निर्वतमान अध्यक्ष बसुन्धरा घर्ती , व्यास -४ का वडा सदस्य राधा बिक लगायत उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?