दमौली : त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित शहीद कृष्ण क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी नेतृत्वको प्यानल विजयी भएको छ ।
आइतबार सम्पन्न मतगणनाको नतिजा अनुसार क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीनेतृत्वको प्यानल नै विजयी भएका विजयी भएका हुन् ।
सभापतिमा विष्णुबहादुर अधिकारीले २७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी मनोज वानियाँले १० मत प्राप्त गरे।
त्यस्तैगरि सचिवमा शालिकराम पोख्रेलले २७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओम बहादुर महतले १० मत प्राप्त गरेका छन् । सदस्यहरुमा विना विकले ३० मत , दिपिका काफ्लेले ३१ मत , थमनबहादुर भुजेल ३० मत , प्रमिला पौडेलले ३१ मत प्राप्त गरी विजयी भएका छन् ।
निर्वाचन प्रबन्ध समितिले औपचारिक घोषणा गर्न बाँकी छ । निर्वाचनमा ४० मतमध्ये ३७ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?