आँबुखैरेनी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी

दमौली : त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त तनहुँको आँबुखैरेनी क्याम्पसमानेविसंघ र अखिल क्रान्तिकारीकोले विजय हासिल गरेको छ ।

आइतबार सम्पन्न मतगणनाको नतिजा अनुसार क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीनेतृत्वको प्यानल नै विजयी भएका विजयी भएका हुन् ।

क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का निशान मगर १ सय १६ मत प्राप्त गरी विजयी भएका छन् भने , तिस्पर्धी अनेरास्ववियुका कृशल कंडेलले ७२ मत प्राप्त गरेका छन् ।

सचिवमा नेविसङ्घका बोनिस अधिकारी, कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का श्वेता थापा विजय भएका छन् ।

सदस्यहरुमा अखिल (क्रान्तिकारी) का अस्मिता श्रेष्ठ , अर्पण देवकोटा र रविन कामी  विजयी भएका छन् ।

२ सय ६७ मतदाता रहेको निर्वाचनमा एक सय ९३ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?