दमौली : त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा सत्तारुढ गठबन्धनको प्यानले विजय हासिल गरेको छ ।
आइतबार सम्पन्न मतगणनाको नतिजा अनुसार क्याम्पसमा सत्तारुढ गठबन्धन नेतृत्वको प्यानल नै विजयी भएका विजयी भएका हुन् । नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु (एकीकृत समाजवादी), नेपाल विद्यार्थी मोर्चाको गठबन्धन रहेको थियो ।
क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका विवश पराजुली (विनोद) विजयी भएका छन् ।
सचिवमा कल्पना सुनार र कोषाध्यक्षमा अमृत परियार विजय भएका छन् ।
सदस्यहरुमा सदस्यहरुमा निशा भुजेल, सविता माल, सचिन श्रेष्ठ, इन्द्रावती सार्की (लक्ष्मी) र काशिका राना विजयी भएका छन् ।
निर्वाचनमा दुई सय ७९ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?