युवा नेपाल द्वारा धनकुटा जिल्ला अस्पाललाई १५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

सामाजिक संस्था सेवाको लागि युवा नेपालले धनकुटा जिल्ला रहेको विभिन्न स्वास्थ संस्था लाई वितरण गर्ने गरी १५ लाख बराबरको स्वास्थ्य सामग्री जिल्ला अस्पताल धनकुटालाई हस्तन्तरण गरेको छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाका अध्यक्ष असिल कुमार शाहीको टोलीले धनकुटा जिल्लामै उपस्थित भएर उक्त सामग्रीहरू अस्पतालका प्रमुख डा. पुजन बिश्वकर्मालाई आईतबार हस्तान्तरण गरेका थिए। उक्त स्वास्थ्य सामग्रीहरूमा १५ वटा फोल्डिङ वेड, २ सय थान पीपिई सेट, ४ वटा अक्सिजन कनसन्टेटर, १ सय ८० वट्टा सर्जिकल माक्स, ४ सय थान एन ९५ माक्स , १ सय २० वट्टा सर्जिकल ग्ललोप्स , १ सय ६० लिटर सेनिटाईजर, ४ वत अक्सीजन र ४ वटा थर्मल गन लगायत करिब १५ लाख बराबर प्रदान गरिएको संस्थाका केन्द्रीय सदस्य सन्दिप माझीले बताए।

उनका अनुसार उक्त कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख डा. पुजन बिश्वकर्मा, सेवाका लागि युवाका अध्यक्ष असिल कुमार शाही, उपाध्यक्ष पर्शुराम भण्डारी, महासचिव प्रेम साकार, सचिव छेवाङ कर्मा तामाङ, काेषाध्यक्ष गाेपाल गाैतम, सदस्यहरू सागर पनेरू, सन्दिप माझी, बलराम कालिकाेटे, बिष्णु काफ्ले र श्यामदास कुँवर समेतकाे उपस्थिति रहेकाे थियाे। सेवा क्यानडाको सहकार्यमा उक्त सामग्रीहरू पुर्वका विभिन्न जिल्लाहरूमा आवश्यकता पहिचान गरेर वितरण गरिएको बताए। पहिलो चरणमा प्रदेश नं १ अन्तर्गत झापा ,ईलाम, ताप्लेजुङ र धनकुटा लाई आवश्यकताको पहिचान गरी विभिन्न स्वास्थ संस्थाहरु लाई सामग्रीहरू उपलब्ध गराएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?