सहमतिको आधारमा आदिकविको स्ववियु सभापतिमा पन्थ चयन

दमौली : तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा गौरब पन्थ चयन भएका छन् ।

सबै दलहरुको सहमतिका आधारमा सोमवार नयाँ नेतृत्वको लागि सभापतिमा नेविस- अनेरास्ववियु क्रान्तिकारी प्यानलका पन्थलाई चयन गरेका हुन् ।

त्यस्तैगरी सचिवमा अनुप आले मगर, कोषाध्यक्षमा निर्दोष भट्टराई चयन भएका छन्  ।

प्रत्यक्षतर्फको सदस्यहरुमा गणेश पोख्रेल, निलिमा थापा मगर, अर्चना कुमारी शाह, सुस्मिता श्रेष्ठ, प्रमिशा शाही, प्रविन आले, राहुल नेपाली र शिव विश्वकर्मा चयन भएका छन् ।

समानुपातिक सदस्यतर्फ सुमन खड्का, सागर पाण्डे, दिनेश विश्वकर्मा, सुनिल रानाभाट, कोपिला विक, सविन लामिछाने, अशोक रुचाल र निकिता बसेल नेपाली चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?