जिर्ण बन्दै गएको पुलमा यात्रा गर्दा स्थानीयहरुलाई सास्ती

व्यास नगरपालिका ३ देउरलीनगर र ऋषिङ गाँउपालिका १ झापुटार जोड्ने झलुङ्गे पुल जिर्ण बन्दै गएको छ । केही समय देखि पुलमा आवतजावत गर्दा पैदाल यात्रुहरुले निकै सास्ती भोग्नु परेको छ ।लामो समदेखि पुलको पूर्ण निर्माण हुन नसक्दा साथै मोटरसाइकल आवतजावतले पुलमा हिटडुल गर्न समेत समस्या रहेको ऋषिङ १ का स्थानीय असमान आलेले दमौली आनलाईन बताएका छन् ।

पुलमा पहिले दुईपाङ्ग्रे सवारीसाधन आवतजावत गर्न रोक लगाए पनि विगतका समय जस्तै नियमित रुपमा यस पुलबाट उक्त सवारीसाधन आवतजावत भए पछि पुल जीर्ण बन्दै गएपछि थप समस्या भएको उनि बताउछन । उक्त पुलमा आवतजावत गर्दा केहि स्थानीयबासीहरुको खुट्टा समेत काटेको आलेले  बताए।

यस विषयमा हामीले ऋषिङ गाउँपालिका वडा नं १ का अध्यक्ष श्री बहादुर आले लाई यो पुलमा के तपाईंको वडाका वडाबासीले सास्ती खेपेर अब कहिले सम्म यात्रा गर्नु पर्ला भन्ने  प्रश्नमा आलेले दमौली आनलाईनसंग  कुरा गर्दै पुलको छिट्टै नै मर्मत गर्छौ भनेर आस्वासन दिएका  छन् । त्यही अनुसार हामीले केहि समय मोटरसाइकल रोकेको पनि हो तर त्यहाँका स्थानिय बासिन्दाहरु दमौली बजार सम्म आउन लामो दूरी घुमेर आउनु  पर्ने बाध्यतालाई मध्यनजर गर्दै पुलमा हिँड्न दिएको वडा अध्यक्ष आले बताए । त्यस्तै खुट्टा पुलमा काटेर घाइतेहरूलाई समेत आफूले अस्पाताल सम्म पुर्याउने काम गरेको बताएका थिए ।

केहि समय पहिले पुलको मर्मत गर्दा व्यास नगरपालिका वडा नं ३ बाट बिजुली माग्दा पनि नदिँदा आफूलाई दुःख लागेको समेत अध्यक्षले  दुःखेसो पोखे । वि. स. २०४८ सालमा निर्माण हुन थालेको पुल २०५० साल निर्माण कार्य सम्पन्न भएको हो । विशेष गरी यस पुलले व्यास नगरपालिका र ऋषिङ गाउँपालिका स्थानीयलाई जिल्ला सदरमुकाम सम्म आउन  सहयोग पुगेको छ ।

हालै निर्माण कार्य चलिरहेको तनहुँ हाइड्रोपावर समेत घुम्न जाने माध्यम बनेको अध्यक्ष आलेले  जानकारी दिए । त्यसैगरी दीर्घकालीन रूपमा नवनिर्माणधिन मोटर सहिहको पुल पनि २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसलाई प्रदेश सरकार संग समन्वय गरेर छिटै काम अगाडि बढाउने  समेत बताए ।

व्यास नगरपालिका वडा न ३ का वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठसंग  पुलको बारेमा प्रस्न गर्दा आफुले पुलको समस्याको बारेमा  कुनै स्थानीयहरुबाट कुनै जानकारी नआएको बताए । यस विषयमा म जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्राविधिकहरु संग समन्वय गरेर मर्मत कार्य अगाडि बढाउने कुरा गरेको थिएँ ।यसको लागि हामीले सम्बधित निकाय संग पनि बुझ्छौ उनले बताएका छन् । यस्तै सास्ती खेपिरहेको बेला स्थानिय मिलन युवा क्लबले तत्कालको लागि भने जीर्ण बन्दै गएको पुललाई तारजाली र वायल्डिंग गरि  मर्मत गरेको छ । हामीले मानवताको हिसाबले यो पुललाई आफ्नै पुल मानेर मर्मत गरेको क्लबका अध्यक्ष आयुष थापाले जानकारी दिए । त्यस्तै पुल मर्मत लागि यहाँ मोटरसाइकलमा यात्रा गर्ने व्यक्तिहरुसँग धेर-थोरै आर्थिक सहयोग उनीहरुले आफनो मन बाट गरेको सहयोग रकमबाट मर्मत गरेको समेत थापाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?