
दमौली : तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनमा नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको छ ।
क्याम्पसको सभाकक्षमा मंगलवार आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।
सबै दलहरुको सहमतिका आधारमा सोमवार प्रत्यक्ष र समानुपातिक तर्फ गरि १९ जना पदाधिकारी चयन भएका छन् ।
सभापतिमा नेविस- अनेरास्ववियु क्रान्तिकारी प्यानलका पन्थलाई चयन भएका थिए ।त्यस्तैगरी सचिवमा अनुप आले मगर, कोषाध्यक्षमा निर्दोष भट्टराई चयन भएका थिए ।
प्रत्यक्षतर्फको सदस्यहरुमा गणेश पोख्रेल, निलिमा थापा मगर, अर्चना कुमारी शाह, सुस्मिता श्रेष्ठ, प्रमिशा शाही, प्रविन आले, राहुल नेपाली र शिव विश्वकर्मा चयन भएका थिए।
समानुपातिक सदस्यतर्फ सुमन खड्का, सागर पाण्डे, दिनेश विश्वकर्मा, सुनिल रानाभाट, कोपिला विक, सविन लामिछाने, अशोक रुचाल र निकिता बसेल नेपाली चयन भएका थिए ।
उक्त प्रमाणपत्र वितरण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने,गण्डकी प्रदेशका पुर्व मन्त्री डोवाटे विक, क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष समुन्द्र गोदार, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम कार्की, क्याम्पस प्रमुख महा प्रसाद हड्खले लगायत उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?