एसइईका लागि यस बर्ष तनहुँमा २६ परीक्षा केन्द्र (सुची सहित)

दमौली : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तनहुँमा २६ परीक्षा केन्द्र रहने भएको छ ।चैत्र १७ गतेदेखि २९ गतेसम्म हुने परीक्षा लागि २६ केन्द्र तय भएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख वसन्तराज पौडेल जानकारी दिए।

तनहुँबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५ हजार ७ सय ६६ विद्यार्थी सहभागी हुने छन् । कक्षा १० को पठन पाठनमा परीक्षाका लागि आवश्यक हाजिरी पुर्‍याएका नियमिततर्फ ५ हजार ५ सय ३६ , ग्रेडवृद्धिमा ७७ जना र प्राविधिक धारका १५३ विद्यार्थी परीक्षाका लागि योग्य भएका हुन् । परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको न्यूनतम ७० प्रतिशत हाजिरी हुनुपर्छ ।

शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख पौडेलका अनुसार सत्यवती माविमा कम्प्युटर इन्जिनियर , पञ्चमुनि देव माविमा भेटेरिनरी, राम शाह माविमा सिभिल इन्जिनियरिङ र गाउँफर्क माविमा कृषि विषयको पठन पाठन भइरहेको छ ।

जिल्लाको ४ वटा माध्यमिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक सञ्चालन गर्दा प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको पौडेलको भनाइ छ । तनहुँमा सामुदायिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक विषयमा पठन पाठन गर्दै आएका छन् ।

यस  गुरुकुल संस्कृत तर्फ साधारण संस्कृतमा १९ जना र संस्कृतमा ५३ जना बाहिरा विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरेको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?