अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको जन स्तरमा ब्यापक सरकारको बिरोध चलिरहेको बेला राष्ट्रप्रेमी नेपाली युवा समुह तनहुँले असोज १ गते दमौलीमा प्रदर्शन गर्ने भएको छ ।
बुधबार दमौलीमा पत्रकार सम्मेलन गरी सरकारले जनभावना बिपरीत, राष्ट्र हित बिपरीत रहेको सम्झौता संसदबाट पारीत गर्ने जोडबलमा लागेको विरुद्धमा युवा समुह तनहुँले असोज १ गते दमौलीमा एमसीसी खारेजीको माग गर्दै मोटरसाइकल सहितको सहभागीतामा र्याली /जुलुससहित प्रदर्शन गर्ने घोषणा गरिएको संयोजक तथा युवा व्यवसायी मित्र दुराले बताए ।
‘सियो बनेर छिरेको एमसीसी हात्ती बनेर निस्कनेछ ‘ र साथै नेपालमा तेस्रो विश्व युद्वाको सिर्जना गरेर नेपालको अस्तित्व नै समाप्त पार्ने कोसिस गरिरहेको छ । अरूको सहयोगले हामी कहिले पनि अघि बढ्न नसक्ने र हाम्रो देश पनि अरूको सहयोग लिएर सञ्चालन गर्ने भएकाले विकास गर्न नसकेको हो। हाम्रो उद्देश्य भनेको दल, पार्टी भन्दा हाम्रो राष्ट्रियता , पहिचान र संस्कृति माथि रहेर एमसीसी विरुद्ध लड्ने बताए ।
प्रदर्शन भोर्लेटार चोकबाट र्याली /जुलुससहित दमौली बजार परिक्रम गरी अनसन चौतारीमा कोणसभाको रुपमा परिणत हुने दुराले बताए ।साथै उक्त विरोधसभामा हातेमालो गर्न सम्पूर्ण राष्ट्रप्रेमीलाई उपस्थितिको लागि अपिल समेत गरिएको छ ।
देशका सबै जिल्लाहरुमा एमसीसीको विरुद्धमा कार्यक्रम भइरहेकोले एमसीसी सम्झौता खारेज नहुदाँ सम्म निरन्तर विरोधका कार्यक्रमहरु गर्ने समेत निर्णय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?