दमौली : तनहुँमा आर्थिक वर्ष २०७९/८० मा १ सय ७४ जना क्षयरोगका बिरामी थपिएका छन् ।
जसमा व्यास नगरपालिकामा ४७ , भानु नगरपालिकामा २१ , म्याग्दे गाउँपालिकामा १४ , शुक्लागण्डकी नगरपालिकामा ३६ , भिमाद नगरपालिकामा ११ , घिरिङ गाउँपालिकामा १०, ऋषिङ गाउँपालिका २, देवघाट गाउँपालिकामा ९ , बन्दिपुर गाउँपालिकामा ११ र आँबुखैरेनी गाउँपालिकामा १४ जना फेला परेको छ।
आर्थिक वर्ष २०७९/८० मा तनहुँमा १० जनाको मृत्यु भएको छ । व्यास नगरपालिकामा मात्रै ४ जनाको मृत्यु भएको जनाएको छ। गत आर्थिक वर्ष तनहुँमा ३ सय १२ क्षयरोगका बिरामी फेला परेका थिए ।
गण्डकीकै सबैभन्दा धेरै कास्कीमा ३०६ जना बिरामी फेला परेका छन् । सबैभन्दा कम मनाङका ३ र मुस्ताङका ४ जना बिरामी भेटिएको क्षयरोग उपचार केन्द्र स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा नवलपुरमा २९१, स्याङजामा १५२, तनहुँमा १७४, बाग्लुङमा १२३, गोरखामा १०३, लमजुङमा ४८, पर्वतमा ४३ र म्याग्दीमा ३३ जना नयाँ बिरामी फेला परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?