
दमौली : ३७ हजार भन्दा बढी तनहुँवासी विदेशमा बसोबास गर्ने गरेको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार २९ हजार २६ परिवारबाट ३७ हजार ३ सय ७२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो ।
जनगणना २०७८ मा ३३ हजार ३ सय ३९ जना पुरुष र ४ हजार ३३ महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय जनगणनाको पूर्ण प्रतिवेदनका अनुसार नेपालका १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?