दमौली : लियो क्लव अफ तनहुँको अध्यक्षमा वसन्ती थापा चयन भएकी छिन् । शुक्रवार दमौलीमा भएको साधारणसभा तथा अधिवेशनबाट वर्ष २०२३/२४ को अध्यक्षमा थापा चयन भएकी हुन।
उनी लियो क्लव तनहुँको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएको पुर्व अध्यक्ष सुदिप सुनिल मिश्रले जानकारी दिए ।
क्लवको प्रथम उपाध्यक्षमा सागर घिमिरे, द्वितीय उपाध्यक्षमा रुविन श्रेष्ठ, तृतीय उपाध्यक्षमा आकाश अधिकारी, सचिवमा डिपी थापा, सहसचिवमा मुकेश विडारी र कोषाध्यक्षमा राम श्रेष्ठ चयन भएका छन् ।
क्लवले व्यास-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचनमा विजय भएका सभापति गौरव पन्थ, सहसचिव सविन लामिछाने र सदस्यहरु प्रमिशा शाही ठकुरी, प्रविण आले र अर्चना साहलाई सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा लायान्स क्लब अफतनहुँका सभापति राजु दाहाल , पुर्व अध्यक्ष सुनिल मिश्र, निर्वातमान सुदिप गफ्फार लगायत उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?