पोखरा : नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।
गण्डकीमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा एमालेका अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनमा केन्द्रमा कांग्रेस, माओवादीसहितका दलको गठबन्धन बनेपछि प्रदेश सरकार अप्ठ्यारोमा परेको छ ।
शुक्रबार माओवादीले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नभएको पाण्डेले बताए ।
‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ’, पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने र कर्मचारी नियुक्रि सरुवा बढुवा लगायतको काम गर्नु न्यायसंगत मानिदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?