दमौली : नेपाल शिक्षक संघ गण्डकी प्रदेशको उपाध्यक्षमा तनहुँका अनिल श्रेष्ठ चयन भएका छन् ।
गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिबेशनबाट सर्वसम्मतरुपमा खुला उपाध्यक्षमा श्रेष्ठलाई चयन गरिएको हो । श्रेष्ठ व्यास नगरपालिका-२ स्थित सत्यवती मावि कार्यरत छन् ।
त्यस्तैगरी समाबेशी तर्फबाट उपमहासचिव तनहुँकी कल्पना परीयार, सदस्यमा श्री हरीभक्त सुबेदी, श्रीकृष्ण आचार्य र प्रदेश प्रतिनिधिमा बिरेन्द्र काफ्ले चयन भएका छन् ।
अध्यक्षमा कास्कीका शिरोमणि लामिछाने , वरिष्ठ उपाध्यक्षमा वाग्लुङका सागर खनाल , महिला उपाध्यक्षमा गोरखाका सगुना ढकाल , खुलातर्फ उपाध्यक्षमा बिष्णु प्रसाद रिजाल चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?