केन्द्रीय सदस्य भट्टराईले भनिन : मिसन ग्रासरुटले पार्टीलाई जनतासँग जोड्छ

दमाैली : नेकपा (एमाले) केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मिसन ग्रासरुट अभियानले जनतासँग सम्बन्ध जोड्न सहयोग पुग्ने बताएकी छन् ।

नेकपा (एमाले) व्यास नगरपालिका वडा नम्बर ५ कमिटीले आज आयोजना गरेको कार्यक्रममा भट्टराईले मिसन ग्रासरुट अभियानले जनता र पार्टीसँगको सम्वन्धलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी हुन्  ।

पार्टीमा तीन पुस्ते नेता कार्यकर्ता भएको हुँदा यसको उचित व्यवस्थापन गरेर पार्टी बलियो बनाउन सकिने उनकाे भनाई थियो । हिजो पार्टी भूमिगत हुँदादेखि विभिन्न राजनैतिक आन्दोलनमा त्याग तपस्या गरेको पुस्ताको विचार र भावनालाई सम्मान गर्दे आजको पुस्ता अगाडी बढ्नुपर्नेमा उनकाे जाेड थियाे ।

पार्टी सदस्यता नविकरणदेखि टोल कमिटी गठन यो अभियानमा पर्ने हुँदा सम्पूर्ण पार्टी कार्यकर्तालाई योजनाबद्ध रुपमा लाग्न उनले आग्रह गरिन् ।

वडा कमिटीका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सल्लाहाकार सदस्य एकवहादुर राना, प्रदेश सचिवालय सदस्य विष्णुभक्त सिग्देल जिल्ला सदस्य प्रेम प्रसाद पौडेल, नगर कार्यवाहक अध्यक्ष तुलसीराम पाण्डे, सचिव सुदिप पौडेल लगायत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?