दमौली : तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव फेला परेको छ ।
पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
घटनास्थल लासजाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतक लास पोष्ट मार्टम तथा सनाखत प्रयोजनार्थ दमौली अस्पताल तनहुँको शव गृहमा राखिएको निरीक्षक शर्माले बताए ।
वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए।
उनले उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको प्रहरीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले पानी ट्याङ्कीमा शव फेला परेको जानकारी दिँदै अनुसन्धान सुरु गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?