तमु ह्युल छोंज धि शुक्लागण्डकीको अध्यक्षमा मनराज

दमौली : तमु ह्युला छोंज धि (गुरुङ राष्ट्रिय परिषद) शुक्लागण्डकी नगर समितिको अध्यक्षमा मनराज गुरुङ चयन भएका छन् । दुलेगौडामा भएको दोस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयॉ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

उपाध्यक्षमा भेष बहादुर गुरुङ, सचिवमा डिल बहादुर गुरुङ, सहसचिवमा प्रज्वल गुरुङ, कोषाध्यक्षमा रुपा गुरुङ र सदस्यहरुमा डिलबहादुर गुरुङ, मोतिराज गुरुङ, पेबराज गुरुङ, चुमानबहादुर गुरुङ गुनबहादुर गुरुङ, दीपेन्द्रकुमार गुरुङ र फत्तबहादुर गुरुङ चयन भएका छन् ।

कार्यक्रममा तमु ह्युला छोज धि (गुरुङ राष्ट्रिय परिषद) तनहुँका अध्यक्ष देबबहादुर गुरुङ, तमुस्यो ह्युला छोज धिका केन्द्रीय सदस्य आशा गुरुङ, निवर्तमान जिल्ला अध्यक्ष खेमराज गुरुङ लगायतले राखेका थिए ।

स्थाले गुरुङहरुको भाषा, संस्कार,संस्कृतिको संरक्षण गर्नुका साथै जातीय एकता र अधिकारको लागि बहस पैरवी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?