धार्मिक गन्तव्य कालिका मन्दिरमा भक्तजनको घुइँचो

दमौली : तनहुँको व्यास नगरपालिका-४  धार्मिक तथा पर्यटकीयस्थल तनहुँ कालिका मन्दिरमा बुधवार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।

कोरोनाका कारण चैतेदसैँपछि बल्ल खुलेको कालिका मन्दिरमा दमौली लगायतका अन्य स्थानबाट कालिका मन्दिर दर्शका लागि आएका हुन्। कालिका मन्दिरमा दसैंको सप्तमीअर्थात् फूलपातीको दिनदेखि दर्शनार्थीको भीड लाग्न थालेको छ।

लामो समयपछि खुलेको कालिका मन्दिरमा दर्शन गर्नेको सङ्ख्या अधिक रहेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । कोरोना कहरको समयमा लामो समय बन्द हुँदा कालिका मन्दिरमा बलिसमेत चढ्न पाएको थिएन। अहिले बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजापाठ लगाउनेको समेत चाप बढेको हो।

बडादसैँ र चैतेदसैँमा कालिका मन्दिरमा बढी मात्रामा दर्शनार्थीको भीड लाग्ने गरेको छ। मन्दिरमा चैत्राष्टमी र दसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ।

दसैँको समयमा एक पटक कालिका मन्दिर दर्शन गर्नुपर्ने बागलुङवासीको सोच छ। लामो समयपछि खुलेको मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइन्छ भने शान्तिको प्रतिक परेवा उडाउन सकिनेछ। परेवाको बलि दिन मन्दिरमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?