नेपाल मगर युवा संघ तनहुँकाे अध्यक्षमा रेख बहादुर

दमौली :  नेपाल मगर युवा संघ जिल्ला समन्वय समिति तनहुँकाे अध्यक्षमा रेख बहादुर थापा मगर चयन भएका छन् ।

बुधवार दमौलीमा भएको प्रथम जिल्ला अधिवेशन एवं जिल्ला भेलाले अध्यक्षमा रेख बहादुरलाई चयन गरेका हुन् ।

उपाध्यक्षमा भक्त बहादुर थापामगर, सचिवमा साजन थापा मगर, सह-सचिवमा सरिता आले मगर र काेषाध्यक्षमा दुर्गा माया थापामगर चयन भएका छन्  ।

सदस्यहरूमा अरूण कुमार थापा मगर, भिम बहादुर थापा मगर, सुसन चिताैरे मगर, सुमन थापा मगर र राजेन्द्र थापामगर चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?