सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएन भाग, कसलाई कति मन्त्रालय ?

काठमाडौं : सत्ता गठबन्धनले मन्त्रालय भागबन्डाको टुंगो गरेको छ । आज साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको नाम टुंगो नलागे पनि संख्याको टुंगो लगाएको हो ।

एक नेताका अनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी)लाई दुई, जनता समाजवादी पार्टी (जसपा)लाई दुई मन्त्रालय दिने सहमति भएको छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी (लोसपा)लाई एक, नेपाल समाजवादी पार्टीले एक र जनमतलाई थप राज्यमन्त्री दिने सहमति भएको ती नेताले बताए ।

सरकारमा जाने संकेत गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मन्त्रालय छुट्याइएको छैन । रास्वपाले सरकारमा जाने चाहना राखे पनि उसले भाग नपाएको बताइएको छ ।

भोलि मन्त्रीपरिषद् विस्तार गरेर नयाँ मन्त्रीहरूको शपथ भोलि नै गराउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?