दमाैली : तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरि स्थित पिपलटार खानेपानी ट्याङ्कीमा महिलाको हत्या गरी फालेको अभियोगमा एक जना पक्राउ गरी सार्वजनिक गरेका छन्। बिहिवार सम्मेलन गर्दै काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ घर भई हाल पोखरा बस्दै आएका प्रकाश सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख अवदेश विष्टले जनाकारी दिए ।
शव फेला परेको चार दिनको अवधिमा अभियुक्त सुनारलाई जिल्लाको शुक्लागण्डकी नगरपालिका क्षेत्रबाट पक्राउ गर्न प्रहरी सफल भएको बताए ।
गत चैत १२ गते खानेपानी ट्याङ्कीमा धादिङको गंगाजमुना गाउँपालिका- ४ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका- १२ अमरसिंह चोक स्थित डेरा गरी बस्ने ४४ शान्ति श्रेष्ठको शव फेला परेको थियो । उक्त खानेपानी ट्याङ्की नजिक ईटाले टाउँको र संबेदनशील अंगमा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
दुई बर्षअघि ती महिलाको सुनारसंग चिनजान प्रहरीले जनाएको छ । पछिल्लो समय सुनारसंग महिलाले रु.दश हजार सापट लिएको र सुनारले उक्त रकम पटक पटक माग्दा दिन नसकेपछि महिलाको हत्या गरेको खुल्न आएको हो ।
श्रेष्ठको साथमा रहेका गरगहना लुटपाटगरी जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ महेन्द्रपुल स्थितमा रहेको रजनी सुनचाँदी पसल बिक्री गरेको र उल्लेखित गरगहनाहरुको स्वरुप परिबर्तन गरी राखिएको अवस्थाको ८० लाल सुन जस्तो देखिने ढिक्को सोही पसलमा फेला पारी बरामद गरीएको हुँदा उक्त पसल संचालक जिल्ला कास्की पोखरा महानगरपालिका – २ अर्चलबोट स्थायी घर भऐका बर्ष ४० को रबिन कुमार गहतराजलाई समेत नियन्त्रण लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
निज महिला गत फागुन २१ गतेदेखि हराएकी थिइन् । आफन्तले चैत ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी कार्य गरी पाउँ भनी निवेदन दिएका थिए ।
१३८ घरधुरीमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा गत आइतबार बिहान महिलाको शव भेटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?