काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रारम्भिक उमेदवारको सूची सार्वजनिक गरेको छ ।
बिहीबार राति सार्वजनिक गरिएको सूचीअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको एकल नाम छ ।
तनहुँ–१ का लागि भने स्वर्णिम वाग्लेसहित तीनजनाको नाम छ । यस्तै, ईश्वर लामिछाने र डा. रूपक बिक घिमिरेले पनि तनहुँ–१ का लागि नाम दर्ता गरेका छन् ।
बारा–२ का लागि दुईजना छन् । जसमा रमेश खरेल र युवराज न्यौपाने रहेका छन् ।
उनीहरूले अब रास्वपाको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिनेछन् । प्रारम्भिक उमेदवारीउपर दाबी विरोधका लागि शुक्रबार बिहान ११ बजेसम्मको समय निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?