आजबाट एसईई परीक्षा, तनहुँबाट करिव ६ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसइईका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी बिहीबार नै केन्द्रमा पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख सन्तराज पौडेल जानकारी दिए।

५ हजार ७ सय ६६ विद्यार्थी एसइईमा सहभागी हुँदै
तनहुँबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५ हजार ७ सय ६६ विद्यार्थी सहभागीसहभागी हुँदैछन्। कक्षा १० को पठन पाठनमा परीक्षाका लागि आवश्यक हाजिरी पुर्‍याएका नियमिततर्फ ५ हजार ५ सय ३६ , ग्रेडवृद्धिमा ७७ जना र प्राविधिक धारका १५३ विद्यार्थी परीक्षामा सहभागी हुदैछ ।

एसइई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित प्रत्यक्ष रूपमा खटिने बोर्डले जनाएको छ।

एसइई परीक्षा सुरक्षित, व्यवस्थित, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरले सञ्चालन गर्नका लागि सात वटै प्रदेशमा परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति, गाउँपालिका, नगरपालिकासँग समन्वय गरेर परीक्षालाई व्यवस्थित गर्ने कार्य अघि बढिसकेको उनको भनाइ छ।

प्रश्नपत्र, उत्तरपुस्तिकासँग सम्बन्धित सामग्रीहरू सम्बन्धित परीक्षा केन्द्र र नजिकको प्रहरी चौकीमा पुर्याउने कार्य सम्पन्न भइसकेको राष्ट्रिय  शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?