दमौली : नेपाल मगर संघ जिल्ला समन्वय तनहुँकाे अध्यक्षमा खड्क सिं थापा मगर चयन भएका छन् । बिहिवार दमौलीमा भएको १६ औं अधिवेशनबाट खड्क सिंको अध्यक्षतामा नयॉ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
उपाध्यक्षहरुमा हर्क बहादुर थापामगर, मिना थापा मगर र रिमा आले मगर , सचिवमा केहर सिं आले मगर, सह-सचिव (सुजन थापा मगर काेषाध्यक्षमा सविना रानामगर चयन भएका छन् ।
सदस्यहरुमा फुलमाया आले, दानुमाया थापा, दुर्गा माया थापा, झकुमाया आले, कुमारी थापा, पम्फा थापा, जित बहादुर थापा, कुश बहादुर थापा, पूर्ण बहादुर आले, रन बहादुर थापा, एक बहादुर राना, भम्ब बहादुर थापा, धन बहादुर आले, दुर्गा राज थापा, दिलिप आले, राम बहादुर राना र बुद्धि बहादुर थापा चयन भएका छन् ।
त्यस्तै,आबुखैरेनीबाट २ र रिसिङबाट १ जना सदस्य पछि थप गरिने नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए ।
कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त गर्जा मगर, अधिवक्ता मिलन आले ,निवर्तमान जिल्ला अध्यक्षमनिराज थापा मगर लगायतले राखेका थिए ।
संघले मगर समुदायको भाषा, संस्कार,संस्कृतिको संरक्षण गर्नुका साथै जातीय एकता र अधिकारको लागि बहस पैरवी गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?