लुटेको सुन किनेपछि रजनी सुनचाँदी पसलका गहतराज पक्राउ

दमौली : पोखराको महेन्द्रपुलस्थित रजनी सुुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराज पक्राउ परेका छन् ।

गहतराजले बिलबिनाको ८० लाल सुन किनेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो । प्रहरीले जनाए अनुसार उनले किनेको सुन हत्या भएको महिलाको हो ।

गत आइतबार म्याग्दे गाउँपालिकास्थित पिपलटार खानेपानी ट्यांकीमा ४४ वर्षीया शान्ती श्रेष्ठको शव भेटिएको थियो । धादिङ्ग गंगाजमुना गाउँपालिकाकी श्रेष्ठ पोखराको अमरसिंहचोकमा बस्दै आएकी थिइन् ।

श्रेष्ठलाई काभ्रे स्थायी घर भई पोखरामै बस्दै आएका चित्र भनिने प्रकाश सुनारले हत्या गरी उनको सुन लुटेको प्रहरी उपरीक्षक अवधेश विष्टले जानकारी दिए ।

विष्टका अनुसार सुनारले लुटेको गहना गहतराजले किनेका हुन् । ‘हामीले रविनको पसलबाट सुनसमेत बरामद गरेका छौं’ विष्टले भने ।

प्रहरीले गहतराज र सुनारलाई तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी कत्र्तव्य ज्यान मुद्धाको प्रक्रिया अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?