काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न मिटरब्याज पीडित छलफल गर्न बालुवाटार पुगेका छन् ।
काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएपछि उनीहरु बालुवाटार पुगेका हुन् ।केहीबेरमा प्रधानमन्त्रीले पीडितहसँग छलफल गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
मिटरब्याज पीडितले केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आइरहेका छन् ।
बुधबार गृहमन्त्रालयले पीडितसँग वार्ता गर्न वार्ता समिति बनाएकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?