
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
शनिबार साँझ उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
राष्ट्रपति पौडेल पेटमा समस्या भई उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार हाल उनी चिकित्सकको निगरानीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?