सुनको मूल्य तोलामा ६०० रुपैयाँ घट्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँ घटेको छ ।

आज छापावाल सुन तोलामा एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत कारोबार दिन शुक्रबार उक्त सुन तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?