दमौली : तनहुँको सदरमुकाम दमौलीमा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सोमवार ‘ सहकारीको दिगोपन, स्वनियमन र सुशासन ’ भन्ने नाराका साथ मनाइएका हुन् ।
वि.सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
हाल नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी ३० हजार बढी सहकारी संस्था छन् । नेपाल सरकारले तीनखम्बे अर्थनीति अंगालेको छ, त्यसमध्ये एक सहकारी पनि हो ।
दिवसको अवसरमा देशका बिभिन्न भागमा प्रभातफेरि आयोजना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?