तनहुँ -१ मा सर्वेन्द्र खनालले गरे उम्मेदवारी मनोनयन दर्ता

दमौली : आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा  तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वप्रहरी महानिरीक्षक  सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन्।

उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थक एक बहादुर राना रहेका छन् ।

सोमवार पूर्वप्रहरी महानिरीक्षक खनालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

गत मंसिरको चुनावमा काठमाडौं ६ मा नेकपा एमालेबाट उम्मेदवारी बनेका खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा खनालले आगामी निर्वाचनमा जितका लागि आत्मविश्वासका साथ उम्मेदवारी मनोनयन दर्ता गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?